सर्लाहीमा निषेधाज्ञा उल्लंघन गर्ने २ सय १८ सवारीसाधन नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८३, बुधवार

सर्लाहीमा निषेधाज्ञा उल्लंघन गर्ने २ सय १८ सवारीसाधन नियन्त्रणमा

सर्लाही । प्रहरीले आइतबार सर्लाहीमा निषेधाज्ञा उल्लंघन गर्ने २ सय १८ वटा विभिन्न सवारीसाधनहरु नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका मध्ये २११ वटा मोटरसाइकल र ७ वटा चारपांग्रे सवारीसाधनहरु रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी मदन कुवँरले जानकारी दिए ।

कोरोनाको संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकको निर्णय अनुसार बैशाख २५ गते मध्यरातबाट लागु हुने गरि सात दिनको लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

सोही अनुसार राती १२ बजेदेखि आज बिहान १० बजेसम्ममा निषेधाज्ञाको उल्लंघन गरेर संचालन भएका २१८ वटा सवारीसाधनहरु नियन्त्रणमा लिइएको प्रवक्ता कुवँरले बताए।

पक्राउ परेका सवारीसाधन कोरोना भाइरस र निषेधाज्ञाको बिषयमा जानकारी गराएर साँझ छाड्ने जनाइएको छ ।

Leave a Reply