हत्या तथा लुटपाटमा संलग्न ३ पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

हत्या तथा लुटपाटमा संलग्न ३ पक्राउ

सुनसरी । हत्या तथा लुटपाटमा संलग्न ३ व्यक्ति पक्राउ परेका छन् । दुई साताअघि सुनसरीको धरानमा वृद्धाको हत्या गरि नगदसहित गरगहना लुटपाट गरेर फरार ३ व्यक्तिपक्राउ परेका हुन् ।

धरान १५ पुर्वेली पथस्थित ८४ बर्षीय वृद्धा गोविन्द माया विश्वकर्माको हत्या गरि घरमा रहेका समान लुटपाट गरि फरार अवस्थामा रहेको व्यक्तिहरुलाई धरान प्रहरीले पक्राउ गरि आइतबार सार्वजनिक गरेको हो ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा मोरङको पथरी ३ घर भई हाल धरान १५ सुनगाभा मार्ग बस्दै आएका ३८ बर्षीय सन्षोष भन्ने वीरवहादुर परियार, पथरी शनिश्चरे ५ पिपलडाँडा घर भई हाल धरान १० पुतली लाईन बस्ने ३५ बर्षीय सोनी राई र धरान १३ अमरहाटका २९ बर्षीया लक्ष्मी लिम्बुलाई पक्राउ गरी थप कारबाहीको प्रकृया अघि बढाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);