लुटपाटमा संलग्न २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

लुटपाटमा संलग्न २ जना पक्राउ

pakrau

भक्तपुर, १ असार । प्रहरीले भक्तपुरको साँगाबाट लुटपाटमा संलग्न २ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले नक्कली डलर र नक्कली सुनलाई सक्कली भन्दै लुटपाटमा संलग्न रहेका सिन्धुपाल्चोक बाह्रविशेका जितबहादुर तामाङ र रामबहादुर तामाङलाई पक्राउ गरिएको जानकारी गराएको हो ।

काठमाडौंको थलीमा ८ लाख, कपनमा ७ लाख ठगी गरि भागेका उनीहरुलाई १५ लाख ठगी गर्न लागेको अवस्थामा आइतवार भक्तपुरको साँगाबाट पक्राउ गरि कार्वाही प्रक्रियालाई अघि बढाइएको परिसरका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिनु भयो ।

पक्राउ परेका उनीहरुले काठमाडौंको नयाँ बसपार्क, बौद्ध क्षेत्रलाई मुख्य आधार क्षेत्र बनाई लुटपाट गर्दै आएको पनि प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);