पोखराको चिप्लेढुगांमा जमिन भासिएपछि... | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

पोखराको चिप्लेढुगांमा जमिन भासिएपछि…

pokhara jamin bhasiyo

उमा आलेमगर

पोखरा, १ असार । पोखरामा बेलाबेलामा जमिन भासिएको अथवा भ्वाङ परेको खबरहरु आउने गर्दछ । जसले गर्दा पोखराको जमिन असुरक्षित भन्ने प्रचारवाजी पनि हुने गरेको छ । शनिवार पनि पोखराको चिप्लेढुङ्गाको बीच सडकमै प्वाल परेपछि त झन् यो प्रचारवाजीले व्यापकता पाएको छ ।

शनिबार पोखराको चिप्लेढुगांमा जमिन भासिएपछि पोखराको जमिन असुरक्षित भन्ने हल्लाले फेरि एकपटक जनमानसमा कौतुहलता बढाएको छ । पोखराको ठाँउठाँउमा जमिन भासिने तथा भ्वाङ परेका खबरहरु समयसमय आउने गर्दछन् । तर पोखरा महानगरपालिकाले पोखराको जमिन असुरक्षित भई भासिएको भन्ने कुराको खण्डन गरेको छ ।

शनिवार चिप्लेढङ्गामा जमिन भासिएको नभएर सडक मुनि विस्तार गरिएको पानीको पाइप पानी रसाउँदा त्यसले माटोलाई गलाएर प्वाल परेको महानगरपालिकाले बताएको छ ।

माटो धेरै भएको र चुन ढुङ्गा मिसिएको क्षेत्रमा पानी मिसिन गएमा जमिन खिइदै जाँदा जमिन भासिने गर्दछ । त्यसैले घर वरिपरि र अन्य ठाउँमा पानी छिर्ने र रसाउने ठाउँ छ भने त्यसलाई मर्मत सम्भार गरेमा जमिन भासिने समस्या नहुने काफ्लेले बताउनुभयो । पोखराको जमिन असुरक्षित छ भन्नेमा कुनै सत्यता नभएको काफ्लेको भनाई छ ।

प्राविधिक वा मानवीय असावधानीको कारणले गर्दा जमिन भासिने प्राविधिक अध्ययनले देखाएको छ । प्राविधिक अध्ययननले यस्तो बताए पनि फेरी ईन्जिनियरहरुकै एक अध्ययनले पोखराको जमिन कुनै पनि बेला भासिन सक्छ भन्ने अध्ययन पनि यस अघि सार्वजनिक गरेको थियो ।

असुरक्षित भए सावधानी अपनाउन नागरिकलाई सुझाव दिने र यदि सुरक्षित भए अनर्गल प्रचार गरी जनतालाई भयभीत बनाउने खालको अवस्था आउन नदिन सम्बन्धित निकाय संवेदनशील हुन जरुरी देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);