पोखराको अमिन्तरामा पहिरो, ३ घर विस्थापित, ४ घर जोखिममा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

पोखराको अमिन्तरामा पहिरो, ३ घर विस्थापित, ४ घर जोखिममा

कास्की । अविरल बर्षाका कारण पोखरा महानगरपालिका –१५ अमिन्तरामा जमिन चिरा परेसंगै पहिरो गएको छ ।

पहिरोका कारण तीन घर परिवार विस्थापित भएका छन् भने ४ घर जोखिममा छन् । पहिरो गएपछि सेती नदी समेत केहीबेर थुनिएको थियो । पहिरो गएसंगै उक्त स्थानका दुई सय ५० घर धुरी खानेपानीबाट बञ्चित भएका छन् ।

पहिरोमा परी कुनै पनि मानवीय क्षति नभएको तर २ घर पहिरोले खोलामा खसेको छ । पहिरो जाँदा भूकम्प गए जसरी जमिन हल्लिएको स्थानीयले बताए ।

उक्त ठाउँ अति जोखिममा भएको र पहिरो अझै जान सक्ने हुँदा सुरक्षा सतर्कता अपनाउन भनेको वडा अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । अमिनतरामा अझैपनि पहिरो जाने क्रम रोकिएको छैन । स्थानीय त्रासमा बसिरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);