अत्यधिक दोहनले उपत्यका भासिँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

अत्यधिक दोहनले उपत्यका भासिँदै

sadak

काठमाडौँ, १६ भदौ । मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीमा आइतबार बिहान पहिरो र सडक भासिँदा ६ घर उच्च जोखिममा परेका छन् । पानीको समस्या समाधानका लागि जमिनमुनिको पानी निकाल्ने क्रम तीव्र रूपमा बढेपछि उपत्यकाका विभिन्न स्थानमा जमिन भासिन थालेको हो ।

काठमाडौं उपत्यकाभित्र बोरिङका लागि मात्र हजारौं ठाउँमा गहिरो प्वाल पारिएको छ । लाखौंको संख्यामा गहिरा इनार खनिएका छन् । तालका रूपमा रहेको काठमाडौं उपत्यकाको कमलो भूगर्भमा अत्यधिक बोरिङ गर्दा भ्वाङ पर्न थालेको छ । बोरिङका लागि सरकारी निकायले नै बजेट विनियोजन गरिरहेको पाइएको छ । जथाभावी बोरिङ गर्न उक्साउनेमा प्रदेश सरकार अगाडि देखिएको छ ।

प्रदेश सरकारले बोरिङका लागि खानेपानी समितिहरूलाई बजेट निकासा गरेर नै काम गराइरहेको पाइएको छ । प्रदेश ३ सरकारले बोरिङबाट पानी निकाल्न बजेट विनियोजन गरी काम नै सम्पन्न गरेको छ ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई समेत बेवास्ता गरी प्रदेश सरकारले बजेट वितरण गरी जथाभावी बोरिङ गर्दा उपत्यकाको जमिन भासिने क्रममा रहेको विज्ञहरूले बताएका छन् । याे समाचार राजधानीमा दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);