मुद्दामा अब घरबाट बहस गर्न सकिने | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

मुद्दामा अब घरबाट बहस गर्न सकिने

SUPREME_COURT

काठमाडौँ, १६ भदौ । सर्वोच्च अदालतले भिडियो र टेलिफोनमार्फत घरबाटै बहस गर्न सक्ने व्यवस्था मिलाउने भएको छ । कानुन व्यवसायीले मुद्दा स्थगन गर्ने क्रम बढेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यो प्रविधिको विकासमा चासो दिएका छन् ।

सर्वोच्चमा आइतबार मात्रै ३ सय ५१ मुद्दाको सुनुवाइ गर्ने तय भएको थियो । तीमध्ये ४० वटा स्थगन भएका छन् । कानुन व्यवसायीले कतिपय मुद्दामा यसअघि पनि यस्तै गर्थे । उनीहरूले यसमा ‘काबुबाहिरको परिस्थिति’ दर्शाउने गरेका छन् ।

अप्ठ्यारो परिस्थितिमा एक मुद्दामा दुईपटक पेसी स्थगन गर्ने सुविधा छ । यसलाई आधार बनाएर उनीहरूले अत्यधिक मुद्दा रोक्ने क्रम बढेपछि सर्वोच्चले नयाँ विकल्प खोजी गरेको हो । घरबाटै बहस गराउने विषयमा सम्भाव्यता खोजी गर्न प्रधान्यायाधीश राणाले चाँडै आईटी विज्ञसहितको समिति गठन गर्ने भएका छन् । यस्तो अभ्यास विकसित मुलुकमा भए पनि नेपालको सन्दर्भमा नौलो प्रयोग हो ।

‘मुद्दा स्थगनको अवस्था चिन्ताजनक बन्दै गएको छ । ठूलो संख्यामा मुद्दा स्थगन हुँदा न्यायसम्पादनमा असर परेको छ । यस्तो अवस्था रोक्न अब नयाँ प्रविधिको विकास गर्ने तयारीमा छौं’, सर्वोच्चका मुख्य रजिस्ट्रार नृपध्वज निरौलाले अन्नपूर्णसँग भने, ‘भोलि वा पर्सिमै समिति बनाएर दसैंलगत्तै अध्ययन प्रतिवेदन तय गर्ने कुरो छ । यो प्रधानन्यायाधीशकै योजनाअनुरुप हुन थालेको हो । याे समाचारअन्नपूर्ण पोस्टमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);