प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज रिट निवेदकतर्फका कानुन व्यवसायीको बहस सकिँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज रिट निवेदकतर्फका कानुन व्यवसायीको बहस सकिँदै

sarbochha adalat

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज रिट निवेदकतर्फका बाँकी कानुन व्यवसायीले बहस गर्दै छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४६ सांसदले दायर गरेको रिटमा बाँकी निवेदक पक्षका कानुन व्यवसायीले आज बहस गर्न लागेका हुन् । रिट निवेदकतर्फका कानुन व्यवसायीहरूलाई सुरुवाती बहस गर्न अब २ घण्टा ३५ मिनेटको समय बाँकी रहेको छ ।

शुक्रबार वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, दिनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गर्नुभएको थियो ।

संवैधानिक इजलासमार्फत भइरहेको सुरुवाती बहसमा रिट निवेदकतर्फका कानुन व्यवसायीको पालो सकिएपछि विपक्षी अर्थात सरकारतर्फका कानुन व्यवसायीहरूले सुरुवाती बहस गर्नेछन् ।

बहुमत सांसदको हस्ताक्षरसहित उपस्थित हुँदासमेत देउवा संविधानको धारा ७६ को उपधारा ५ अनुसार नियुक्त नभएपछि १४६ सांसद सर्वोच्च अदालत पुगेर प्रतिनिधि सभा पुनःस्थापना र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै रिट निवेदन दायर गरेका थिए ।

संवैधानिक इजलासमा यही असार ९ गतेबाट रिट निवेदक पक्षको बहस सुरु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);