कांग्रेसको १४ औं महाधिवेशन र क्रियाशील सदस्यताका विषयमा केन्द्रीत पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कांग्रेसको १४ औं महाधिवेशन र क्रियाशील सदस्यताका विषयमा केन्द्रीत पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक बस्दैछ ।

पार्टीको १४ औं महाधिवेशनका विषयमा छलफल गर्न आज दिउँसो २ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो ।

बैठकमा क्रियाशील सदस्यता विवादबारे समेत नेतृत्व तहमा छलफल हुने बताइएको छ ।

पार्टी क्रियाशील सदस्यता विवाद बढेसँगै नेतृत्व तहमा देखिएको असन्तुष्टिलाई समाधान गर्ने बैठक बस्न लागेको नेताहरुले जनाएका छन् ।

क्रियाशील सदस्यतामाथिको उजुरी र इन्ट्री हुन बाँकी क्षेत्र तथा जिल्लाबारे सहमति कायम गरेर अगाडि बढ्न नेताहरुले सुझाउँदै आएका छन् । क्रियाशील सदस्यका रुपमा सूचीकृत ८ लाखमध्ये करिब ३ लाख सदस्यका बारेमा पार्टीभित्र विवाद देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);