कांग्रेसको कार्यसमिति बैठक शुरु, भारतले भूमि अतिक्रमण गरेको बारे छलफल हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कांग्रेसको कार्यसमिति बैठक शुरु, भारतले भूमि अतिक्रमण गरेको बारे छलफल हुने

nepali congress

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यासमिति बैठक शुरु भएको छ । बैठक १ बजे बस्ने भनिएपनि केहीबेर अघि मात्रै पार्टी कार्यालय सानेपामा शुरु भएको हो ।

बैठकमा छलफलका लागि ६ वटा एजेन्डा तय गरिएको छ । बुधवार बसेको पदाधिकारी बैठकले मंसिर १४ गते सम्पन्न उपनिर्वाचन समीक्षा, भारतले आफ्नो राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक समाहित गरेको लगायत विषय छलफलका लागि विषय तय गरेको हो । भारतले गरेको सीमा अतिक्रमण विषयमा बैठकमा छलफल गरेर पार्टीको आधिकारिक धारणा तय गर्ने कांग्रेस नेताहरुले बताएका छन् ।

त्यसैगरी बैठकमा पार्टीका विभागहरु गठन, भ्रातृ संस्थाहरु नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलमा देखिएको विवाद समाधानका सन्दर्भमा पनि छलफल हुनेछ । बैठकमा २०७४ को निर्वाचनको पूर्वसन्ध्यामा एकीकरणमा आएको नेपाल लोकतान्त्रिक फोरमका समायोजन गर्न बाँकी पार्टीका समिति र क्रियाशील सदस्यलाई कसरी समायोजन गर्ने भन्ने विषयको प्रतिवेदन पेस हुने जनाइएको छ । अन्य पार्टीबाट प्रवेश गरेका र नेपाल लोकतान्त्रिक फोरमका पार्टी समिति र क्रियाशील सदस्यता समायोजनका लागि उपसभापति विमलेन्द्र नीधिको संयोजकत्वमा समिति बनेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);