मन्त्री पद्मा अर्यालयको नेतृत्वमा भूमि व्यवस्था मन्त्रालयको परिचय फेरिंदै (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मन्त्री पद्मा अर्यालयको नेतृत्वमा भूमि व्यवस्था मन्त्रालयको परिचय फेरिंदै (भिडियाेसहित)

नेपाल भारत सीमा विवादको विषय पछिल्लो समय ओझेलमा परेको जस्तै देखिन्छ । बालुवाटारमा भएको सर्वदलीय बैठकमा सीमा विवादको प्रसंग नै उठ्न सकेन भने नेकपाको पटक पटक बसेको सचिवालय बैठक, स्थायी कमिटी बैठक र प्रतिपक्षी दलहरुको कुनै पनि बैठकहरुमा यसले प्राथमिकता पाउनै सकेको देखिंदैन ।

नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतले दशकौंदेखि कव्जा गरेको भूमि नेपाली नक्सामा सामेल गर्ने सरकारी निर्णय ऐतिहासिक हुँदाहुँदै पनि अन्तिम निर्णयमा पुग्न अझै बाँकी रहेको छ ।

कुनै पनि दलहरुको बैठकमा यो विषयले प्रवेश नपाएको देख्दा कतै यो विषय ओझेलमा त परेको छैन भनी अनेक आशंका भइरहेको बेला भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सीमा विवाद टुंगिने दिशामा भारतसँग छलफल अघि बढेको दाबी गर्नु भएको छ ।

नेपाल भारत सीमा विवाद लगायत भूमि व्यवस्था मन्त्रालयबाट अहिलेसम्म भएका उल्लेख्य कामहरुको सम्बन्धमा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालसँग गरिएको अन्तर्वार्ता माउण्टेन टेलिभिजनबाट आज राति ९ बजे र भोलि बिहान ९ बजे प्रसारण हुने आजको सन्दर्भ कार्यक्रममा हेर्न सक्नुहुनेछ ।

पूरा अन्तरवार्ताका लागि तलको भिडियो हेर्न सक्नुहुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);