एक मन्त्रीको कार्य दक्षताको कारण सम्भव भएको नेपालको नक्सा परिवर्तन (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

एक मन्त्रीको कार्य दक्षताको कारण सम्भव भएको नेपालको नक्सा परिवर्तन (भिडियोसहित)

काठमाडौं, १८ असार ।  दशकौंदेखि नेपालको नक्सामा नपारिएको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको नक्सामा सार्वजनिक गरिएको ओली सरकारको निर्णयले इतिहास रचेको छ । नेपालको भूमि नेपालकै नक्सामा पार्ने आँट यस अघिका कुनै सरकारले गर्न नसकेकोमा यो आँट ओली सरकारले देखायो । सरकारले गरेका थुप्रै अलोकप्रिय कामहरुको बीचमा ओली सरकारको यो निर्णय सबैभन्दा जनप्रिय र लोकप्रिय भयो । सरकारलाई नै लोकप्रिय बनाउने यो निर्णयमा पुग्न कसको हात थियो त ? कमैलाई थाहा छ । यस सम्बन्धी एक रिपोर्ट

धेरै लामो समयदेखि सबैको दिमागमा रहेको तर कार्यक्रम भने दिन नसकिएको कालापानी लिम्पियाधुरा, लिपुलेकलाई नेपालको नक्सामा समेट्ने काममा वास्तवमै सरकारलाई सफलता मिलेको छ । देशलाई सफलता मिल्न भने अझै बाँकी रहेको छ । सबै दल र जनताको साथ र सहयोग अनि सरकारको इच्छा शक्ति कायमै रहे, देशकै लागि सफलता मिल्न अब धेरै समय कुर्नु पर्दैन । यस कार्यमा प्रचुर गृहकार्य गर्न र यो निष्कर्षमा पु¥याउन वास्तवमैै सजिलो भने थिएन ।

दशकौंदेखि यो विषयलाई राजनीतिक दलले पार्टीको राजनीतिक मुद्दा मात्र बनाउँदै आए । हरेक निर्वाचनमा यसलाई चुनावी नारा बनाए । तर निर्वाचित भएपछि र सरकारमा पुगेपछि सबैले कालापानी मुद्दालाई बिर्सिदै आए । हरेक ठाउँमा जरो गाड्न सफल, छिमेकी देश भारतसँग सम्बन्धित भएकोले पनि यो मुद्दा उठाउन अत्यन्त चुनौतिपूर्ण थियो । आफैं अभिलेखलाई चुस्त दुरुस्त राख्नेदेखि त्यसबारेमा निष्कर्षमा पुग्नेसम्मको गतिविधिका लागि गम्भीर विश्वासको संकट पनि त्यतिकै थियो । यस्तो अवस्थामा कर्मचारीतन्त्रलाई समेत कुशलतासाथ परिचालन गरी, गुपचुप निष्कर्षमा पु¥याउन सफल माननीय मन्त्री पद्माकुमारी अर्याल वास्तवमै नेपाली जनताको बधाईको पात्र बन्नु भएको छ ।

मालताल र घुसको अखडा मन्त्रालयको रुपमा बदनाम कमाएको भूमि व्यवस्था मन्त्रालयले इतिहासमै गरेको यो नै सायद, पहिलो र ठूलो निर्णय होला । सीमाको मात्र होइन, विश्वकै सर्वाेच्च शिखर सगरमाथाको उचाइ नेपाली प्राविधिकबाटै पहिलो पटक नाप्ने काम पनि उहाँकै कार्यकालमा भएको छ । जमिनलाई बाँझो राख्न नपाउने गरी भूमिको वैज्ञानिक भूउपयोग ऐन पहिलो पटक बनेको छ । जमिनलाई उत्पादनसँग जोडी मुलुकलाई आत्मनिर्भर बनाउन भूमि बैंक अवधारणा पनि ल्याइएको छ । पहुँचको आधारमा व्यक्तिले हडपेका र उपयोग गरेका सरकारी र सार्वजनिक जमिन सरकारको नाममा ल्याउन साहसिक काम उहाँकै नेतृत्वमा भयो ।

यसरी विकृति र विसंगतिबाट देशकै ठूलो सम्पत्तिलाई जोगाउन सफल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्याल वास्तवमा कार्य कुशलताको पनि धनी नै देखिनु हुन्छ । यो कार्यकुशलतालाई उहाँले कायम राख्न सक्नु भयो भने, वास्तवमा देशले ठूलो फड्को मार्न सक्ने निश्चित छ । दवाव र प्रभावमुक्त रही भूमि बैंक जस्तो संवेदनशील विषयलाई अगाडि बढाउने उहाँको दृढताले यो क्षेत्रसंग सम्बन्धित समस्यालाई राजनीति गर्ने भांडो बनाउँदै आएका राजनीतिकर्मीलाई झस्काइ दिएको छ ।

वास्तवमै एउटा जननिर्वाचित जनप्रतिनिधिले देश र जनताको लागि गर्नु पर्ने इतिहास रच्ने कामको पाइला चाल्ने काम उहाँबाट भएको छ । उत्पादनशील क्षेत्रको लागि प्रमुख मानिएको भूमिको विषयलाई पनि तार्किक निष्कर्षमा पु¥याउन सक्नु भयो भने मन्त्री अर्याललाई नेपाली जनताले कहिल्यै बिर्सनै छैनन् ।

करोडौंको घुस काण्डमा मन्त्री मुछिएको र सलह लाग्दा अमेरिकी व्याण्ड बाजा बजाउनु पर्छ भनी कृषकलाई सुझाव दिने ओली सरकारका मन्त्रीहरुको भीडमा, एउटा छुटृै पहिचान बनाउन सफल भूमि व्यवस्था मन्त्री पद्मा अर्यालका योगदानलाई प्रशंसा गर्नुले, उहाँ र उहाँ जस्तै काम गर्न सक्नेलाई अगाडि बढ्न अझ प्रेरणा मिल्ने आशा गर्न सकन्छि ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);