सरकारद्वारा जापानले दिने ३० करोड ८० लाखको अनुदान सहायता स्वीकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सरकारद्वारा जापानले दिने ३० करोड ८० लाखको अनुदान सहायता स्वीकार

mantriparisad

काठमाडौं, १८ असार । सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि जापान सरकारले दिने ३० करोड ८० लाख बराबरको अनुदान सहायता स्वीकार गरेको छ । सरकारका प्रवक्ता समेत रहनुभएका अर्थ,सञ्चार तथा सूचना प्रविधिमन्त्री डाक्टर युवराज खतिवडाले जापान सरकारले दिने विद्यालय क्षेत्र विकास सहायताको रकम स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिनु भएको हो ।

सोमबारको मन्त्री परिषद बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्री खतिबडाले उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा मोरङ नौबीसे प्रशारण लाइन २२० केबी र कुशाहा विराटनगर १३२ केबी प्रशारण लाइनका लागि जमिन उपलब्ध गराउने निर्णय भएको जानकारी दिनु भयो ।

यसैगरी सर्लाही रामनगर ४ का रामजलम रायको परिवारलाई राहत क्षतिपूर्ति स्वरुप १० लाख रुपैयाँ दिने निर्णय पनि बैठकले गरेको छ । परराष्ट्रमन्त्रालय अन्तरर्गत २ वटा अस्थायी दरबन्दी स्वीकार गर्ने, विदामा नेपाल आएका करार र भिसा अवधि बाँकी रहेकाहरुको हकमा पीसीआर परीक्षण र अन्य स्वास्थ्य प्रोटोकल पालना गरी जान दिने निर्णय पनि सरकारले गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);