विपद्मा मृत्यु भएका परिवारलाई दुई लाख राहत दिने मन्त्रिपरिषद्को निर्णय | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

विपद्मा मृत्यु भएका परिवारलाई दुई लाख राहत दिने मन्त्रिपरिषद्को निर्णय

cabinet shrwan 15

काठमाडौं, १५ साउन । सरकारले विपद्मा मृत्यु भएका परिवारलाई दुई लाख राहत दिने निर्णय गरेको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डाक्टर युवराज खतिवडाले विपद्को घटनामा कुनै परिवारका एक जनाको मृत्यु भएमा २ लाख र सोही परिवारमा थप व्यक्तिको मृत्यु भएको भए प्रतिव्यक्ति १ लाख रुपैयाँ दरले राहत दिने निर्णय भएको जानकारी दिनुभयो ।

मन्त्री खतिवडाका अनुसार यसपटक एकद्वार नीतिबाट राहत वितरण गरिने छ । संघ प्रदेश र स्थानीय तहबाट राहत जाँदा कहिलेकाहीं दोहोरोतेहोरो पर्ने र कहीं पर्दै नपर्ने अवस्था नहोस् भनेर एकद्वारा प्रणालीबाट राहत वितरण गर्न लागिएको मन्त्री खतिवडाले स्पष्ट गर्नुभयो ।

यसैगरी मन्त्रिपरिषद् बैठकले विद्यालय भवन र परिसरमा क्वारेन्टाइन, आइसोलेसन सञ्चालन नगर्ने र त्यस्ता संरचना बनाइ प्रयोग हुन छाडेका विद्यालय, भवनलाई मापदण्डअनुसार स्थानीय तहले निर्मलीकरण गरी अध्यापन गराउन योग्य बनाउने निर्णय समेत गरेको छ ।

मन्त्री खतिवडाले शैक्षिक सत्र २०७६–७७ का परीक्षाको बाँकी नतिजा प्रकाशन गर्ने, भदौ १ देखि नयाँ विद्यार्थी भर्ना गर्ने, भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्यांक भराउने, पाठ्यपुस्तक उपलब्ध गराउने, कक्षागत विद्यार्थीको संख्या एकीन गर्ने र विद्यालयका शैक्षिक क्रियाकलाप सञ्चालन गर्न शिक्षकहरु अबिलम्ब विद्यालय पुग्ने व्यवस्था मिलाउने सरकारले निर्णय गरेको जानकारी दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);