नेकपा स्थायी कमिटी बैठक शनिबारसम्मका लागि स्थगित | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

नेकपा स्थायी कमिटी बैठक शनिबारसम्मका लागि स्थगित

nekapa baithak new

काठमाडौं, १८ असार । सत्तारूढ नेकपाको स्थायी कमिटी बैठक शनिबारसम्मका लागि स्थगित भएको छ । बिहीबार दुई पटक बसेको स्थायी समिति बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएपछि शनिबारसममका लागि स्थगित गरिएको हो ।

बैठक चलिरहेका बेला मन्त्रिपरिषद्ले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि बैठक रोकिएको थियो। बैठक रोकेर नेकपा अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति निवास जानु भएको थियो ।

राष्ट्रपतिसँग झन्डै १ घन्टा छलफल गरेर दाहाल फर्केपछि फेरि बालुवाटारमा बैठक सुरू भएको थियो । फेरि सुरू भएको बैठकमा पनि प्रधानमन्त्री ओली उपस्थित नभएपछि शनिबार ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

शुक्रबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताले छलफल गर्ने, पार्टीको समस्या समाधान गर्न कोसिस गर्ने भनेर एक दिनको समय राखेर बिहिबारको बैठक सकिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);