संसद अधिवेशन अन्त्य गर्ने राष्ट्रपति निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

संसद अधिवेशन अन्त्य गर्ने राष्ट्रपति निर्णय

काठमाडौं, १८ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार अपराह्न ५ बजे बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी गराउनु भएको हो ।

यसअघि बिहीबार नै बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । मन्त्रिपरिषद बैठक अगाडि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्तासमेत गर्नुभएको थियो । गत वैशाख २६ गतेबाट शुरु भएको संसदको यो अधिवेशनले नागरिकता र निजामती सम्बन्धी विधेयकका साथै एमसीसी सम्झौताबारे समेत निर्णय गर्नुपर्ने थियो ।

कोरोना महामारीकै बीच सुरु भएको बजेट अधिवेशनले सरकारको नीति तथा कार्यक्रम, बजेट पारित गरेको छ । त्यसबाहेक केही विधेयकहरु पनि पारित गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);