मन्त्रिपरिषद् बैठक सम्पन्न, संसदको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

मन्त्रिपरिषद् बैठक सम्पन्न, संसदको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ ।

बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

आज दिउँसो १ बजेदेखि हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय बैठकमा भएको बताइएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

गत पुस ५ गते विघटित प्रतिनिधिसभालाई फागुन ११ गते सर्वाेच्च अदालतले पुनःस्थापित गरेको थियो । सर्वाेच्चको आदेश वमोजिम फागुन २३ गते हिउँदे अधिवेशन सुरु भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी संसदमा छलफलका लागि पेश गरिनुपर्ने बताइरहेका बेला अधिवेशन नै अन्त्य भएकोे हो । हिउँदे अधिवेशन अन्त्य भए पनि चाँडै नै बजेट अधिवेशन सुरु हुनेछ ।

जेठ १५ गते आउँदो आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण पनि बजेट अधिवेशन छिटै सुरु हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);