एक महिनापछि राष्ट्रपति पुनः संसद् जाने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एक महिनापछि राष्ट्रपति पुनः संसद् जाने

bidhaya devi

काठमाडौं, १६ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा पहिलोपटक सम्बोधन गरेकी छिन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई बिहीबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मुलुक अब कुनै पनि बहानामा हिंसामा धकेलिन नहुने बताइन् ।

संघीय संसदअन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधि सभाको पहिलो अधिवेशन केही हप्तापछि सकिँदै छ । संसद् सचिवालयका सहसचिव सुरजकुमार दुराले २० चैतअघि नै संसद्को अधिवेशन अन्त्य हुने सम्भावना रहेको बताए । सरकारले पर्याप्त बिजनेस नदिए अधिवेशन अन्त्य गर्ने स्थिति आउने उनले बताए । हाल सरकारले संसद्मा बिजनेस दिन सकिरहेको छैन ।

संसद् नरहेको अवस्थामा जारी भएका अध्यादेशमध्ये राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेश र बेपत्ता छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोगको म्याद थपसम्बन्धी अध्यादेश संसद्मा पेस भइसकेको छ । सरकारले चिकित्सा शिक्षा अध्यादेश संसद्मा दर्ता गरेको छ ।

संविधानबमोजिम बनाउनुपर्ने ४ दर्जनभन्दा बढी कानुनको मस्यौदा सरकारले टुंगो लगाउन सकिरहेको छैन । पहिलो अधिवेशन अन्त्य भएर संसद्को दोस्रो अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम पेस हुनेछ ।

१५ जेठमा सरकारले बजेट ल्याउनुपर्ने व्यवस्था छ । त्यसअघि नै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुने भएकाले राष्ट्रपति विद्यादेवी भण्डारी पुनः संघीय संसद्मा जानेछिन् ।

संघीय संसद्को पहिलो अधिवेशन कतिसम्म लम्बिने भन्ने सरकारसँग पनि भर पर्ने विषय भएको सचिवालयका प्रवक्ता डा। भरतराज गौतमले बताए । उनले भने, ‘सरकारले जारी गरेको अध्यादेश यही अधिवेशनले टुंगो लगाइसक्नुपर्छ । सुनुवाइ समिति गठन गर्ने कि भन्ने पनि छ । सभा सञ्चालनको नियमावली टुंगो लगाउन सकिन्छ, यसबाहेक यो अधिवेशनका लागि हामीसँग धेरै कार्यसूची छैन ।’आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);