संसद्को पहिलो अधिवेशन आजै अन्त्य: राष्ट्रपति कार्यालयलाई थाहा छैन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

संसद्को पहिलो अधिवेशन आजै अन्त्य: राष्ट्रपति कार्यालयलाई थाहा छैन

samsadh metting

काठमाडौं, २० चैत । संघीय संसद्अन्तर्गत दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा र अपराह्न ४ बजे बस्ने राष्ट्रिय सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै छन् ।

प्रधानमन्त्रीको सम्बोधनलगत्तै आजै संघीय संसद्को पहिलो अधिवेशन अन्त्य हुने सम्भावना रहेको सचिवालय स्रोतले जनाएको छ ।
सोमबारसम्म राष्ट्रपति कार्यालयलाई थाहा छैन्  । सरकारबाट बिजनेस नपाएपछि संसद् अधिवेशन आजै अन्त्य हुने सांसद तथा संघीय संसद् सचिवालयमा चर्चा चले पनि राष्ट्रपति कार्यालय भने सोमबार अबेरसम्म बेखबर थियो ।

संसद् अधिवेशन अन्त्य गर्नेबारे संसद् र प्रधानमन्त्रीको सिफारिस आउनुपर्ने भए पनि त्यो प्राप्त भइनसकेको राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्र पौडेलले बताए । उनले भने, ‘अपर्झट भोलि नै सिफारिस आयो र अधिवेशन अन्त्य गर्नुपर्ने भयो भने त पत्र पठाइन्छ ।’ संसद्मा पेस भएको राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश र चिकित्सा शिक्षा अध्यादेश स्विकृतिका लागि संसद्मा पेस हुँदै छ । दुवै अध्यादेश संसद्मा पेस भइसकेको छ । अध्यादेश पेस भएको दुई दिनसम्म सांसदले अस्वीकार गर्ने सूचना दर्ता गर्न सक्ने प्रावधान छ ।

सोहीबमोजिम चिकित्सा शिक्षा अध्यादेशमा नेमकिपाबाट निर्वाचित सांसद प्रेम सुवालले अस्वीकार गर्ने सूचना दर्ता गराएका छन् । प्राप्त अस्वीकार गर्ने सूचना प्रस्तुत गरेपछि विधेयकमा स्विकृति गर्न संसद्मा प्रक्रिया अघि बढ्नेछ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);