भारत भ्रमणबारे प्रधानमन्त्रीले आज संसद्लाई जानकारी दिँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भारत भ्रमणबारे प्रधानमन्त्रीले आज संसद्लाई जानकारी दिँदै

pm kp oli

काठमाडौं, २० चैत । चैत २३ देखि भारतको तीनदिने राजकीय भ्रमण गर्न लागेका प्रधानमन्त्री केपी ओलीले आज संघीय संसद्लाई सम्बोधन गर्दै छन् । उनले आफ्नो भारत भ्रमणबारे संसद्लाई जानकारी गराउने भएका हुन् । संघीय संसद्अन्तर्गत दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा र अपराह्न ४ बजे बस्ने राष्ट्रिय सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै छन् ।

प्रधानमन्त्रीको सम्बोधनसँगै राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश र चिकित्सा शिक्षा अध्यादेशसमेत स्विकृतिका लागि संसद्मा पेस हुँदै छ । सरकारले संसद्मा अन्य विधेयक दर्ता नगराएकाले प्रधानमन्त्रीको सम्बोधनलगत्तै आजै संघीय संसद्को पहिलो अधिवेशन अन्त्य हुने सम्भावना रहेको सचिवालय स्रोतले जनाएको छ ।

सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले संघीय संसद्को अधिवेशन आह्वान र अन्त्य गर्नेबारे राष्ट्रपतिको पत्र सरकारमार्फत संसद्मा आउनुपर्ने बताए । उनले भने, ‘संघीय संसद्को अधिवेशन अन्त्य गर्नेबारे राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त हुनुपर्छ । सो पत्र सरकारले संसद्मा ल्याएपछि मात्रै संसद्को अधिवेशन अन्त्य हुन्छ ।’ राष्ट्रपतिको पत्र प्राप्त भएकै दिन संसद्को अधिवेशन अन्त्य हुन सक्ने सचिवालयले जनाएको छ ।

कति बस्यो संघीय संसद्को बैठक

२० फागुनमा सांसदले शपथ लिएको भोलिपल्ट अर्थात् २१ गते संघीय संसद्को पहिलो बैठक बस्यो । त्यसयता, प्रतिनिधिसभाको बैठक १० पटक र राष्ट्रिय सभाको बैठक नौ पटक बस्यो । आजै संसद्को पहिलो अधिवेशन अन्त्य भए प्रतिनिधिसभाका ११ र राष्ट्रिय सभाका १० बैठक हुनेछन् ।

सोमबारको बैठकमा शोक प्रस्ताव पारित

संघीय संसद्को सोमबार बसेको प्रतिनिधि र राष्ट्रिय सभा बैठकले पूर्वसांसदसमेत रहेका कांग्रेस नेता खुमबहादुर खड्काको निधनमा शोक प्रस्ताव पारित गर्यो । ०४८, ०५१ र ०५६ मा गरी तीनपटक दाङबाट सांसद बनेका खड्काको उपचारका क्रममा गत शुक्रबार भारतको अपोलो अस्पतालमा निधन भएको थियो । पूर्वमन्त्री खड्काको निधनप्रति संघीय संसद्का दुवै सभाको बैठकले शोक प्रस्ताव पारित गरेको हो ।

सोमबारसम्म राष्ट्रपति कार्यालयलाई थाहा छैन

सरकारबाट बिजनेस नपाएपछि संसद् अधिवेशन आजै अन्त्य हुने सांसद तथा संघीय संसद् सचिवालयमा चर्चा चले पनि राष्ट्रपति कार्यालय भने सोमबार अबेरसम्म बेखबर थियो । संसद् अधिवेशन अन्त्य गर्नेबारे संसद् र प्रधानमन्त्रीको सिफारिस आउनुपर्ने भए पनि त्यो प्राप्त भइनसकेको राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्र पौडेलले बताए । उनले भने, ‘अपर्झट भोलि नै सिफारिस आयो र अधिवेशन अन्त्य गर्नुपर्ने भयो भने त पत्र पठाइन्छ ।’

संसद्मा पेस भएको राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश र चिकित्सा शिक्षा अध्यादेश स्विकृतिका लागि संसद्मा पेस हुँदै छ । दुवै अध्यादेश संसद्मा पेस भइसकेको छ । अध्यादेश पेस भएको दुई दिनसम्म सांसदले अस्वीकार गर्ने सूचना दर्ता गर्न सक्ने प्रावधान छ ।

सोहीबमोजिम चिकित्सा शिक्षा अध्यादेशमा नेमकिपाबाट निर्वाचित सांसद प्रेम सुवालले अस्वीकार गर्ने सूचना दर्ता गराएका छन् । प्राप्त अस्वीकार गर्ने सूचना प्रस्तुत गरेपछि विधेयकमा स्विकृति गर्न संसद्मा प्रक्रिया अघि बढ्नेछ । आजको नयाँ पत्रिकामा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);