प्रधानमन्त्री ओलीद्वारा आज दिउँसो २ः३० बजे प्रतिनिधिसभामा सम्बोधन गर्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

प्रधानमन्त्री ओलीद्वारा आज दिउँसो २ः३० बजे प्रतिनिधिसभामा सम्बोधन गर्दै

kp oli

काठमाडौं, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्दै हुनुहुन्छ । संसद् भवन नयाँ बानेश्वरमा दिउँसो २ः३० बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीले हरेक महिनाको पहिलो र तेश्रो साता संसद्मा सम्बोधन गर्ने व्यवस्थाअनुरुप प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने हुनु भएको हो । प्रधानमन्त्रीको संवोधन संगै संघीय संसदको बजेट अधिवेशन आजबाट अन्त्य हुँदैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बोलाएर बजेट अधिवेशन अन्त्य गरिंदैछ भने राष्ट्रिय सभाको बैठक दिउँसो ३ बजेदेखि सुरु भई आजै अन्त्य हुनेछ ।वैशाख १६ गतेदेखि सुरु भएको बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, बजेट पारित तथा केही महत्त्वपूर्ण विधेयक पारित भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);