प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्ने

काठमाडाैं, २६ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्नुहुने भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने भएको हो ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका अनुसार प्रधानमन्त्री ओलीले समसामयिक पछिल्लो राजनीतिक परिस्थिती बारे बैठकमार्फत सम्बोधन गर्ने तयारी रहेको छ । प्रतिनिधिसभा विघटनपछि राजनीतिक रुपमै पार्टी दुई खेमामा विभाजित हुनुका साथै उक्त कदम असंवैधानिक भएको भन्दै पार्टी भित्र र बाहिरबाट चर्को आलोचना भइरहेको बेला प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएको हो ।

बैठकमा प्रधानमन्त्री ओलीले थारू आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । यस्तै विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);