राष्ट्रियसभाको आठौँ अधिवेशनको दोश्रो बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राष्ट्रियसभाको आठौँ अधिवेशनको दोश्रो बैठक बस्दै

काठमाडौं । आइतबार दिउँसो राष्ट्रिय सभाको बैठक बस्दैछ । आठौँ अधिवेशनको दोश्रो बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बस्ने संघीय सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा २ वटा कार्यसूची तय गरिएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको दोश्रो प्रतिवेदन २०७७/०७८ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले समितिको दोश्रो वार्षिक प्रतिवेदन २०७७/०७७ सभा समक्ष पेश गर्ने कार्यसूची तय गरिएको छ ।

यसअघि गएको असार १७ गते आठौँ अधिवेशनको पहिलो बैठक बसेको थियो ।

राष्ट्रिय सभाको बर्खे अधिवेशन अन्तर्गत आज दोश्रो बैठक बस्न लागेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);