राष्ट्रिय सभाको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । सोमबार राष्ट्रिय सभाको बैठक बस्दै छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न प्रतिवेदनहरू छलफलका लागि पेश गरी पारित गर्ने कार्यसूची रहेको छ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि छलफल गरी पारितका लागि पेश हुने छ ।

त्यसैगरी विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘स्टाण्डर्ड नाप र तौल (पाचौँ संशोधन) विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नेछन्।

विधायन व्यवस्थापन समितिकै प्रतिवेदन सहितको ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);