माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

सोमबार दिउँसो अपरान्ह ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठक तरायी नपुगेको भन्दै स्थगित भएको हो । यसअघि आजको स्थायी कमिटी बैठकबाट सरकारमा जाने मन्त्रीहरुको नाम टुंग्याउने बताइएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीबाट यसअघि अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भुसाल सहभागी छन् । बाँकी ५ जना मन्त्रीहरुको टुंगो आजको बैठकबाट लगाउने बताइएको थियो ।

माओवादी केन्द्रमा मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएपनि झण्डै दुई दर्जन आकांक्षी देखिएकाले लामो समयसम्म पनि मन्त्रीको नाम टुंगिन सकेको छैन ।

यसअघि आइतबार बसेको माओवादीको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक दश दिन पर सार्दै साउन ३० मा बोलाउने निर्णय गरेको थियो । उक्त मितिसम्ममा देशैभर वडा कमिटी गठन गरिसक्न पार्टी पंक्तिलाई निर्देशन समेत दिईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);