एमाले अध्यक्ष ओलीको ‘भ्याकेट’ निवेदनमाथि आज सुनुवाइ हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

एमाले अध्यक्ष ओलीको ‘भ्याकेट’ निवेदनमाथि आज सुनुवाइ हुँदै

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गराएको भ्याकेट निवेदनमा माथि आज सुनुवाइ हुँदैछ । एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीले दर्ता गराएको भ्याकेट निवेदनमाथिको पेशी सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा परेको छ ।

कर्णाली प्रदेशमा फ्लोरक्रस गरेका एमालेका चार सांसदलाई पार्टीले गरेको कारबाही पछि सांसदपद पुनर्बहाली गर्ने सर्वोच्चको आदेशविरुद्ध ओलीले भ्याकेट निवेदन दर्ता गराएका थिए ।गएको असार ८ गते न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासले सुनुवाई गर्दै ४ सांसदलाई पनि बोलाउन आदेश दिँदै म्याद जारी गरेको थियो ।

त्यसपछि असार २३ गते न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल केसीको इजलासले पुनः म्याद जारीको आदेश गरेको थियो । त्यसपछि आज सो निवेदनको सुनुवाइ हुने भएको हो । एमालेले कारबाही गरेपछि चार सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दबहादुर बुढा र अम्मर बहादुर थापा सर्वोच्चमा पुगेका थिए ।

सर्वोच्चले उनीहरुलाई केन्द्रीय समितिले कारबाही हुनुपर्नेमा दशौं महाधिवेशन आयोजक कमिटीद्धारा कारबाही भएको भन्दै उनीहरुको सांसद पद पुनर्बहालीको अन्तरिम आदेश दिएको थियो । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले यस्तो निर्णय गरेको थियो ।

सोही अन्तरिम निर्णय खारेजीको माग गर्दै अध्यक्ष ओलीले भ्याकेट अर्थात पुनरावलोकन निवेदन दर्ता गराएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);