सांसद थापाको पद थमौती गर्ने सर्वोच्चको आदेशविरुद्ध पुनरावलोकनको निवेदन दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सांसद थापाको पद थमौती गर्ने सर्वोच्चको आदेशविरुद्ध पुनरावलोकनको निवेदन दर्ता

काठमाडौं । सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशविरुद्ध पुनरावलोकनको निवेदन भ्याकेट दर्ता भएको छ ।

राष्ट्रिय जनमोर्चाबाट गण्डकी प्रदेश सदस्य रहेका कृष्ण थापालाई गरिएको कारबाही नगर्न भनेर जारी भएको आदेशविरुद्ध सो निवेदन दर्ता भएको हो ।

सांसद थापाको पद थमौती गर्ने सर्वोच्चको आदेशविरुद्ध गण्डकी प्रदेश सभाका सभामुख नेत्रप्रसाद अधिकारी, राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय र गण्डकी प्रदेश सभा सचिवालयले बुधबार सर्वोच्च अदालतमा भ्याकेट दर्ता गराएका हुन् ।

पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै राष्ट्रिय जनमोर्चाले थापालाई दलबाट निकालेर प्रदेशसभा सचिवालयलाई जानकारी गराएको थियो । जनमोर्चा संसदीय दलको सिफारिसानुसार प्रदेशसभा सचिवालयले थापालाई सांसदबाट हटाइएको सूचना निकालेको थियो ।

आफूलाई सांसदबाट हटाउने निर्णयविरुद्ध थापाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । थापाको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारबाहीको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);