राजमोका थापाद्धारा पद यथावत राख्न माग गर्दे सर्वोच्चमा रिट दर्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

राजमोका थापाद्धारा पद यथावत राख्न माग गर्दे सर्वोच्चमा रिट दर्ता

गण्डकी। गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले आफ्नो सांसद पद यथावत राख्न माग गर्दे सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । उनले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गर्दे आफूले पार्टी नछोडेको र पार्टीको आदेशविना ह्वीप समे उल्घंन नगरेको भन्दै रिट दर्ता गराएका हुन् ।

राष्ट्रिय जनमोर्चाले थापालाई पार्टीबाट निष्कासन गरेको पत्र प्रदेशसभा सचिवालयमा दिएपछि बिहीबारको प्रदेशसभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीले थापा निष्कासनमा परेको जानकारी गराएका थिए ।

त्यसपछि थापा सांसदबाट पदमुक्त भएका थिए ।गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धनलाई समर्थन गर्ने निर्णय गरे पनि थापाले विपक्षी गठबन्धनलाई साथ नदिइ तटस्थ बस्ने बताएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);