जसपाका चार सांसदद्धारा सर्वोच्चमा रिट दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

जसपाका चार सांसदद्धारा सर्वोच्चमा रिट दर्ता

काठमाडौं । जनता समाजवादी पार्टी ‘जसपा’ उपेन्द्र यादव पक्षले कारवाही गरेको आधारमा लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएका चारजना सांसदको रिट अदालतमा दर्ता भएको छ ।

आइतबारदेखि सर्वोच्चमा संवैधानिक व्याख्या,मौलिक हक लगायतका मुद्दाहरुको पनि सुनुवाई र रिट दर्ता हुने भएपछि जसपाका चार सांसदले प्रदेशसभाको कारवाही बदर होस् भन्ने रिट दर्ता गराएका हुन् ।

जसपाभित्र चुलिदै गएको विवादका बीच एमाले नेता शंकर पोखरेलको सरकार जोगाएर विपक्षीको अविश्वस प्रस्तावको हस्ताक्षर फिर्ता लिएका सन्तोषकुमार पाण्डेय, विजयबहादुर यदव, सुमन शर्मा र कल्पना पाण्डेलाई यादव पक्षको कारवाहीलाई आधार मानेर प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले वैशाख १६ मा उनिहरुलाई पदमुक्त गरेका थिए ।

पदमुक्त गर्नुअघि जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रदेशसभामा पत्र पठाई जसपाले उनीहरूमाथि कारवाही नगरेको र प्रदेश समिति नै नबनेकाले प्रदेशको काम प्रदेशसभा संसदीय दलले नै गर्ने जानकारी गराएका थिए ।

तर, सभामुख माओवादी पक्षका भएकाले ठाकुरको पत्र बेवास्ता गर्दै यादव पक्षको कारवाही सदर गरेपछि चारैजना सांसद सो निर्णयविरुद्ध रिट लिएर सर्वोच्च आएका थिए । तर उनीहरु आउँदासम्म काठमाडौंमा निषेधाज्ञा लागेर अदालतले बन्दी प्रत्यक्षीकरणबाहेकका रिट नलिने भएपछि फर्किएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);