महन्थ ठाकुरको रिट ‘हेर्न नभ्याइने’ मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

महन्थ ठाकुरको रिट ‘हेर्न नभ्याइने’ मा

काठमाडौँ– जनता समाजवादी पार्टी जसपा नेपालका नेता महन्थ ठाकुरले जसपाको आधिकारिकता विवादमा निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता गरेको रिट सोमबार ‘हेर्न नभ्याइने’ मा परेको छ ।

न्यायाधीश इश्वरप्रसाद खतिवडाको बेञ्चमा परेको उक्त रिट सोमबार हेर्न नभ्याइनेमा परेको हो ।

निर्वाचन आयोगले गएको साउन ११ गते सोमबार कार्यकारिणी समितिको सदस्यहरुको हेड काउन्टका आधारमा जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो । सोही निर्णयका विरुद्ध ठाकुरले साउन १५ गते शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए । ठाकुरले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म यादव पक्षलाई आधिकारिकता दिने आयोगको निर्णय कार्यान्वयनमा रोक लगाउन माग गरेका छन्।

जसपाका ५१ सदस्यीय कार्यकारिणी समितिका सदस्यहरुमध्ये यादवको पक्षमा ३४ सदस्यले हस्ताक्षर सनाखत गरेपछि निर्वाचन आयोगले बहुमतको आधारमा यादवलाई आधिकारिकता प्रदान गरेको थियो ।

ठाकुरले निर्वाचनको हेड काउन्टलाई रोक्न अन्तरिम आदेशको माग गर्दै दर्ता गराएको निवेदनमा भने सर्वोच्चले माग अनुसारको आदेश दिन अस्वीकार गरेको थियो ।

ठाकुरका दुबै रिटको पेशी एकसाथ सुनुवाइ हुने गरी आज तोकिएको भएपनि सुनुवाइ नभएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);