सभामुख सापकोटाद्वारा भूकम्पले क्षतिग्रस्त पुरानो संसद भवनको अवलोकन | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

सभामुख सापकोटाद्वारा भूकम्पले क्षतिग्रस्त पुरानो संसद भवनको अवलोकन

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले भूकम्पले क्षतिग्रस्त भई अलपत्र अवस्थामा रहेको सिंहदरवारस्थित संसद भवनको अवलोकन गरेका छन् । सभामुख सापकोटाले सोमबार दिउँसो भूकम्पले क्षतिग्रस्त सो संसद भवनको अवलोकन गरेका हुन् ।

सो भवनको अवलोकनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सम्बन्धित पक्षसँग छलफल गरी निर्माणको कामलाई तत्काल सुरु गराउने बताए । भूकम्पले क्षति बनाएपछि अलपत्र अवस्थामा रहेको यो भवन ऐतिहासिक र पूरातात्विक महत्व रहेको उल्लेख गर्दै सभामुख सापकोटाले यसको सदुपयोग गर्ने उद्देश्यका साथ आफूले अवलोकन गरेको पनि स्पष्ट पारे ।

सभामुख सापकोटाले सो संसद भवनलाई संग्रहालय र पुस्तकालयको रुपमा विकास गर्ने आफ्नो सोच रहेको पनि स्पष्ट पारे । उनले भने–“धेरैले संग्राहलय बनाउन उपयुक्त हुने सुझाव दिएका छन । संग्राहलय र पुस्तकालय एक अर्कासँग सम्बन्धित विषय भएकाले मैले यसमा पुस्तकालय पनि बनाउन सकिने सोच लिएको छु । सम्बन्धित पक्षसँग छलफल गरेर सो सम्बन्धमा निष्कर्षमा पुगिनेछ ।

सभामुख सापकोटाले अलपत्र अवस्थामा रहेको सो भवनको निर्माणको काम तत्काल सुरु हुने गरी सम्बन्धित पक्षसँग आजैबाट छलफल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । सिंहदरवारको मुटुमा रहेको यो संसद भवन ऐतिहासिक तथा पुरातात्विक महत्वको भवन हो ।

राणाकालमा भारदार सभाका लागि प्रयोग गर्ने गरिएको यो भवनमा राणाकालको अन्त्यसँगै संसद भवनको रुपमा विकास गरियो । पञ्चायत काल र बहुदलीय व्यवस्था र २०६२÷०६३ सालको जनआन्दोलनपछि पुनस्थापित संसदको पहिलो बैठक समेत सोही भवनमा बसेको थियो । तर २०७२ साल जेठ १२ गतेको भूकम्पले क्षति पुगेको सो भवन ६ वर्ष बित्दा समेत पुननिर्माण नभई अलपत्र अवस्था छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);