विघटित प्रतिनिधिसभाका सभामुख सापकोटाले विज्ञसँग परामर्श गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विघटित प्रतिनिधिसभाका सभामुख सापकोटाले विज्ञसँग परामर्श गर्दै

काठमाडौं । विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आज संविधानविद, कानून एवम् न्याय क्षेत्रका विशेषज्ञसँग परामर्श गर्ने भएका छन् । दिउँसो १ बजे संसद भवनको ल्होत्से हलमा सभामुख सापकोटाले प्रतिनिधिसभा विघटनबारे विज्ञसँग परामर्श गर्न लागेका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते बिहानै संसद भंग गरि मध्यावधि चुनावको घोषणा गरेसँगै सभामुख सापकोटाले छलफल र परामर्शलाई तीब्रता दिएका छन् । विघटनको विपक्षमा रहेका सभामुख सापकोटाले बिहीबार गर्न लागेको परामर्शलाई महत्वका साथ हेरिएको छ ।

सभामुख सापकोटाले गत मंगलबार पूर्वसभामुखहरुसँग समेत छलफल गरेका थिए ।

यो पनि पढ्नुहोस

सभामुख-पूर्वसभामुखहरुको छलफल : जनताको प्रतिनिधिमुलक संस्थामाथि आक्रमण गर्नु असंवैधानिक

यता विघटनविरुद्ध विपक्षी दलको गठबन्धनले दायर गरेका रिटमाथि सर्वोच्च अदालतमा आजदेखि सुनुवाई सुरु हुँदैछ ।

यो पनि पढ्नुहोस

प्रतिनिधिसभा विघटनविरुद्धका १९ वटा रिटको सुनुवाई प्रधानन्यायाधीशको इजलासमा

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);