संसदको बैठक संचालनका लागि सभामुखले दलहरुसंग छलफल गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

संसदको बैठक संचालनका लागि सभामुखले दलहरुसंग छलफल गर्ने

काठमाडौ, १८ फागुन । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक व्यवस्थित ढंगले सञ्चालन गर्ने बारे राजनीतिक दलका नेताहरुसंग परामर्श गर्ने बताएका छन् ।

मंगलबार संघीय संसद भवन नयाँबानेश्वरस्थित संसद बैठककक्षको अवलोकन पछि संञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले बुधबारदेखि नै दलका नेताहरुसंग छलफल सुरु गर्ने बताएका हुन् । संसद बैठकका एजेण्डाहरुको सम्बन्धमा सम्बद्ध सबै पक्षसँग तालिकाबद्ध रुपमा विचार, विमर्श र परामर्श गर्ने स्पष्ट पारे ।

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि आगामी २३ गते बस्ने प्रतिनिधिसभाको बैठकलाई चासोका साथ हेरिएको छ । सत्तारुढदल भित्र देखिएको आन्तरिक किचलोका कारण बैठक सञ्चालन कुन ढंगले अघि बढ्ने हो भन्ने सर्वत्र चासो भईरहेका बेला सभामुख सापकोटाले बैठकका एजेण्डा बारे दलहरुसंग छलफल गर्ने बताएका हुन् उनले बैठक सञ्चालनको तयारी चुस्तदुरुस्त भएको पनि बताए ।

सापकोेटाले भने “स्वभाविक लयमै अधिवेशन चलाउनुपर्छ भन्ने ढंगले हामी तयारी गर्दैछौ । अहिले महासचिवदेखि सचिवालयका सचिवहरु, सबै कर्मचारीहरु पनि बडो उत्साहका रुपमा खटिराख्नुभएको छ । किनभने केही समय अवरुद्ध हुँदा कताकता खल्लो खल्लो भएको थियो अहिले सबै उत्साहीत हुनुुहुन्छ । संसद बैठकका एजेण्डाहरुको सम्बन्धमा सबै पक्षसंग, पार्टीका नेताहरुसंग, कार्यव्यस्था परामर्श समिति पनि छ, सबैसंग विचार, विमर्श,परामर्श गर्दैछु भोलीदेखि तालिकाबद्ध रुपमा ।’

संसदको सातौँ अधिवेशन फागुन २३ गते अपरान्ह ४ बजेको लागि आव्हान भएको छ । बैठकको लागि संघीय संसद सचिवालयले सरसफाई, व्यवस्थापन लगायत तयारीका काम गरिरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);