आफूलाई हटाएर देखाउन प्रधानमन्त्री ओलीको चुनौती | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

आफूलाई हटाएर देखाउन प्रधानमन्त्री ओलीको चुनौती

झापा, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैमा हिम्मत भए आफूलाई पदबाट हटाउन चुनौती दिएका छन् ।

मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई हटाउन चुनौती दिएका हुन् । अहिले कसैले आफूलाई हटाए हटाओस् आगामी चुनावमा दुई तिहाईका साथ सिंहदरवारमा फर्किने दावी गरेका छन् ।

सर्वोच्च अदालतको निर्णयपछि अबको राष्ट्रिय राजनीतिक कसरी अगाडि बढ्छ भन्नेबारे केन्द्रित हुनुपर्ने उनले बताए । उनले सर्वोच्चको फैसलालाई स्वीकार्दै सकरात्मक ढंगले अगाडि बढ्न चाहेको बताउँदै संसदमा सक्दो पहल गर्ने बताएका छन् ।

साथै उनले नेपाली जनताको लागि काम गर्ने सरकार चाहिएको समेत बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);