माधव कुमार नेपाललाई क्षमा दिन सकिंदैन : एमाले अध्यक्ष ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

माधव कुमार नेपाललाई क्षमा दिन सकिंदैन : एमाले अध्यक्ष ओली

kp oli

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई क्षमा दिन नसकिने बताएका छन्। बुधबार प्रधानमन्त्री निवास छाडेर भक्तपुरको बालेकोट निवास पुगेका निवर्तमान प्रधानमन्त्री तथा एमालेका अध्यक्ष ओलीले समर्थकहरुलाई सम्बोधन गर्दै आफ्नो सरकार ढाल्न अगुवाइ गरेका नेपाललाई कुनै पनि हालतमा क्षमा दिन नसकिने बताएका हुन् ।

अध्यक्ष ओलीले नेता नेपाललाई लाजशरम नभएको भन्दै गद्धारको संज्ञा दिएका छन् । अझै पनि सयम बाँकी रहेको भन्दै अध्यक्ष ओलीले नेपाल पक्षका नेताहरुलाई कमी कमजोरी महसुस गरे मौका दिने बताए । तर माधव कुमार नेपालको हकमा भने कुनै मौका समेत नरहेको ओलीको तर्क छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पनि प्रधानमन्त्री शेरबहादुर देउवा सपथका लागि नपुग्दै नेता नेपाल शीतल निवास पुगेको भन्दै ओलीले ‘माधव नेपाल जस्ता गद्दारलाई कुनै क्षमा गर्न नसकिने बताएका थिए । अदालतको र्फसला पछि प्रधानमन्त्रीबाट हटेका एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपरमा रहेको निजि निवास घरको बारदलीबाट सम्बोधन गर्दै आफूलाई प्रधानमन्त्रीबाट विनाकारण हटाइएको दाबी गरेका छन् ।

आफूलाई जनादेशबाट नभई परमादेशबाट हटाइएको समेत उलने स्पष्ट पारेका छन् । उनले जाली झेलीहरूको षड्यन्त्रका कारण आफूलाई प्रधानमन्त्रीबाट हटाइएको समेत बताए । उनले देशका लागि राम्रो काम गरेको दाबी गर्दै आफूलाई कुनै ग्लानी नभएको तर्क गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);