ताप्लेजुङमा आगलागीबाट भएको क्षतिप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

ताप्लेजुङमा आगलागीबाट भएको क्षतिप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

rastrapati bidhya devi bhandari

काठमाडौं, १८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार ताप्लेजुङको दोभान बजारमा आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो एक वक्तव्य जारी गर्दै आगलागीबाट प्रभावितहरुका लागि यथाशीघ्र राहत तथा पुनस्र्थापनाको पहल गर्न सरकारसँग आग्रह समेत गरेकी छिन् ।

साथै राष्ट्रपति भण्डारीले हावाहुरी र खडेरीको मौसममा हुने आगलागी जस्ता विपद् जोखिमको न्यूनिकरण गर्न पूर्व तयारीका साथै आवश्यक सचेतना सहित सुरक्षित संरचनाको विकास गर्नुपर्ने खाँचो मुहसुस गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।

ताप्लेजुुङको दोभान बजारमा मंगलबार बिहान करिव ९ बजेबाट लागेको आगोले आधा बजार नै जलाएको छ । आगलागीमा ४ दर्जनभन्दा बढी घर जलेर नष्ट भएको स्थानीय प्रशासनले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);