नेता जोशीको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

नेता जोशीको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

rastrapati bidhya bhandari

काठमाडौं, १४ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको असामयिक निधनप्रति दुःख व्यक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले शनिबार बिहान ट्विट मार्फत् इमान्दार एवं स्वच्छ छवि भएका कांग्रेस नेता जोशीको निधनप्रति दुःख व्यक्त गरेकी हुन् । उनको निधनबाट मुुलुकले एक इमान्दार राजनीतिज्ञ गुमाएको पनि ट्विटमा उल्लेख गरिएको छ ।

त्यसैगरी राष्ट्रपति भण्डारीले स्वर्गीय जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना पनि प्रकट गरेकी छिन् ।

फागुन १४ गते मष्तिष्कघात भई नर्भिक अस्पतालमा भर्ना भएका जोशीको शुक्रबार बेलुकी उपचारका क्रममा निधन भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);