एनआरएनएद्वारा जोशी निवासमा श्रद्धाञ्जली कार्यक्रम | ईमाउण्टेन समाचार

Our Network

असोज ६ २०८३, बुधवार

एनआरएनएद्वारा जोशी निवासमा श्रद्धाञ्जली कार्यक्रम

चितवन। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम गरेको छ। चितवनको टाँडीस्थित जोशी निवासमा संघका केन्द्रीय अध्यक्ष डा. बद्री केसीसहित अन्य पदाधिकारी पुगेर जोशीको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अपर्ण गरेका हुन् । अध्यक्ष केसीले जोशीको निधनले सिंगो एनआरएनएनाई दुःखी तुल्याएको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे । जोशीले गौरीराज जस्तो मिहेनति र समाजसेवी छोरा जन्माएकोमा सबैले गर्व गर्नुपर्ने उनले बताए । अध्यक्ष केसीले गौरीराजसहित परिवारका सबैलाई आमाले देखाएको सतकर्मको बाटोमा सधैँ हिँडिरहन आग्रहसमेत गरे। ‘गौरीजी जस्तो सामाजिक व्यक्तित्वलाई उहाँले जन्माउनु भयो। एनआरएनएको अभियानमा इटा थप्न उहाँको पनि भूमिका छ। उहाँको आमाले पुर्‍याएको योगदान गैरआवासीय नेपालीले सधैँ सम्झिरहने छ,’ उनले भने।

स्वास्थमा समस्या आएपछि चितवन मेडिकल कलेजमा भर्ना गरिएकी जोशीको ७२ वर्षको उमेरमा उपचारका क्रममा गत बिहीबार निधन भएको थियो ।

Leave a Reply