जोशीको सम्मानमा विविध कार्यक्रमको आयोजना, राष्ट्रपतिद्वारा सुस्वास्थ्य र दिर्घायुको कामना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जोशीको सम्मानमा विविध कार्यक्रमको आयोजना, राष्ट्रपतिद्वारा सुस्वास्थ्य र दिर्घायुको कामना

satya mohan joshi

काठमाडौं, ३० बैशाख । संस्कृतिविद् सत्यमोहन जोशी सोमबारबाट सय बर्षमा प्रवेश गर्नुभएको छ ।

जोशी सय बर्षमा प्रवेश गर्नुभएकोमा ललितपुर महानगरपालिकाले उहाँको सम्मान स्वरुप सोमवार सार्वजनिक विदाको घोषणा गरेको छ । महानगरपालिकाले जोशीको सम्मानमा विभिन्न कार्यक्रमसमेत गर्दैछ । जोशी सय बर्षमा प्रबेश गर्नुभएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँको दीर्घायु र सुस्वास्थ्यको कामना गर्नु भएको छ । राष्ट्रपति भण्डारीले संस्कृतिविद् जोशीलाई पठाउनु भएको मंगलमय कामना सन्देश सोमबार बिहान उहाँकै निवासमा आयोजित एक समारोहमा पढेर सुनाइएको थियो । राष्ट्रपति भण्डारीले पठाउनु भएको सन्देशमा नेपाली भाषा र संस्कृतिको श्रीवृद्धिमा पनि उहाँले पु¥याउनु भएको योगदान उल्लेखनीय रहेको स्मरण गरिएको छ ।

जोशी सय वर्ष पुगेको अवसर पारेर सोमबार विहान उहाँकै निवासमा आफन्तजनहरुले सुस्वास्थ्य र दीर्घायूको कामना पनि गरेका छन । सोमवार बिहान जोशीको निवासमा पुग्नु भएका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र उहाँका आफन्तहरुले उहाँको सुस्वास्थ्य र दीर्घायुको कामना गर्नु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);