संविधान दिवसको अवसरमा सरकारले ४ सय २१ जनालाई पदक प्रदान | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

संविधान दिवसको अवसरमा सरकारले ४ सय २१ जनालाई पदक प्रदान

काठमाडौं, ३ असोज । संविधान दिवसको अवसार पारेर सरकारले ४ सय २१ जनालाई विभूषित गरेको छ । राजनीतिज्ञ, समाजसेवी, कर्मचारी, कलाकार, साहित्यकार, डाक्टर, पत्रकार,खेलाडी लगायतलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानपदवी, अलंकार र पदक प्रदान गरिएको हो ।

गृह मन्त्रालयका अनुसार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिब पुष्पलाल श्रेष्ठलाई सबैभन्दा ठूलो पदक नेपाल रत्न मरणोपरान्त प्रदान गरिएको छ । यस्तै महाउज्जल राष्ट्रदीप (प्रथम श्रेणी) मरणोपरान्त गजेन्द्रनारायण सिंह र अम्बर गुरुङलाई दिइएको छ । संस्कृतिविद् सत्यमोहन जोशी र राष्ट्रकवि माधव प्रसाद घिमिरेले पनि महाउज्जल राष्ट्रदीप पदक पाएका छन् । ।

सुप्रसिद्ध प्रवल जनसेवाश्री पदक प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, उज्ज्वल कृतिमय राष्ट्रदीप पदक इतिहासकार तथा समाजशास्त्री डा. बालकृष्ण पोखरेल र संस्कृतिविद् जगमान गुरुङले पाउनु भएको छ । प्रवल जनसेवाश्री (चतु्र्थ श्रेणी) बाट सबैभन्दा बढी १६२ जना विभूषित भएका छन् । यसमा युवा क्रिकेटर सन्दीप लामिछाने समेत परेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);