समाजवादउन्मुख अर्थतन्त्र निर्माण संविधानको लक्ष्यः राष्ट्रपति | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

समाजवादउन्मुख अर्थतन्त्र निर्माण संविधानको लक्ष्यः राष्ट्रपति

bidhaya devi bhandari

काठमाडौं, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिबसको अबसरमा विज्ञप्ति जारी गर्दै संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको बताएका छन् ।

राष्ट्रपति भण्डारीले सामाजिक आर्थिक विकासलाई गति प्रदान गर्ने संविधानको महत्वपूर्ण भावनालाई गहिरोसँग आत्मसात् गर्न अनुरोध गरेकी छन् । संविधान दिवसका अवसरमा राष्ट्रपतिद्वारा जारी गरिएको विज्ञप्तिमा सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल, राज्यका सबै अङ्ग र आम नागरिक क्रियाशील हुनु समसामयिक आवश्यकता रहेको बताइएको छ । राष्ट्रपति भण्डारीले मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउन संवैधानिक मार्गचित्रले मूर्तरूप लिने वातावरण बन्नु सबैका लागि खुशीको विषय भएको समेत बताएकी छन् ।

संविधान जारी भएको आजको दिनले सबैलाई संवैधानिक मूल्य एवं मान्यताहरू कार्यान्वयन गर्न प्रेरणासहित अठोट जागृत गर्न सफलता प्राप्त हुने अपेक्षासमेत राष्ट्रपति भण्डारीले आफ्नो सन्देशमा व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले संविधान दिवसका अवसरमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, आपसी सद्भाव र सहकार्य कायम हुन सकोस् भन्ने कामनासमेत गरेकी छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);