प्रधानमन्त्री र राष्ट्रपतिले मुलुकलाई अँध्यारो सुरुङमा हालेका छन् : नेता थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रधानमन्त्री र राष्ट्रपतिले मुलुकलाई अँध्यारो सुरुङमा हालेका छन् : नेता थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई अँध्यारो सुरुङमा हालेको आरोप लगाएका छन् ।

नेता थापाले शनिबार बिहान सामाजिक सञ्जाल मार्फत् प्रधानमन्त्री ओलीलाई सन्की र राष्ट्रपति भण्डारीलाई मतियार भन्दै उनीहरुले मुलुकलाई अँध्यारो सुरुङमा हालेको आरोप लगाएका हुन् । उनले लेखेका छन्–‘सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन् ।’

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति १ बजेर ४९ मिनेटमा प्रतिनिधि सभा विघटन गरेपछि थापाले सामाजिक सञ्जाल मार्फत आक्रोस पोखेका हुन् ।

प्रधानमन्त्री र राष्ट्रपति भण्डारीलाई संविधान र संसद दुबै मन नपरेको बताउँदै नेता थापाले पुनस्र्थापित संसदको अपमान, विश्वासको मतको नाटक, संविधान ७६(३) को सरकार गठन, विश्वास लिनुको सट्टा ७६(५) को आह्वान सबै प्रक्रिया देखाउनका लागि मात्र गरिएको सेटिङ भन्दै उनीहरुको मिसन संसद र संविधानको हुर्मत लिनु भएको उनले उल्लेख गरेका छन् ।

नेता थापाले महामारीका बेला यस्तो देशघाती कदम चाल्ने प्रधानमन्त्री र राष्ट्रपतिको निर्जज्ज कामको प्रतिरोध गर्न समेत सबैलाई आह्वान गरेका छन् ।

उनले लेखेका छन्–‘महामारी त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहीं र यत्ति मै रोकिने वाला छैनन् नेतागण नअलमलिउँ, खट्टुा नकमाऔं, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्जज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं ।’

राष्ट्रपति भण्डारीले मध्यराति प्रधानमन्त्री पदका लागि आएका दुवै दाबी( ओली र शेरबहादुर देउवा) नपुग्ने निर्णय गरेलगत्तै सरकार निर्माणका लािग लागि संविधानअन्तर्गतका सबै ढोकाहरू बन्द भएका थिए ।

सोपश्चात प्रधानमन्त्री ओलीले राति १२ बजे नै मन्त्रिपरिषद् बैठक डाकेर १२ः४५ मा संविधानको धारा ७६(७) बमाजिम प्रतिनिधि सभा विघटनको सिफारिस गर्दै निर्वाचनको मिति तय गरेका हुन् । आगामी कार्तिक२६ र मसिंर ३ गते गरी दुई चरणमा निर्वाचनका लागि मिति तोकिएको छ ।

यसअघि पनि गएको पुस ५ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरेका थिए भने सर्वोच्च अदालतले फागुन ११ मा सो निर्णय बदर गर्दै प्रतिनिधि सभा पुनस्र्थपना गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);