मेलम्चीको सन्देश : सपना नभई विपना हुँदैन (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

मेलम्चीको सन्देश : सपना नभई विपना हुँदैन (भिडियोसहित)

उपत्यकाबासीहरुको सपनाको रुपमा रहेको मेलम्ची आयोजनाको कामले शनिबार नयाँ चरण पार गर्यो । शनिबार दिउँसो मेलम्चीबाट २७ किलो मिटर दूरी पार गरेर सुन्दरीजलमा मिसियो । यो पानी आउनु झट्ट हेर्दा सामान्य जस्तो भएपनि तत्कालीन प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईले देखेको सपना हो यो । भट्टराईले मेलम्चीको पानीको सपना देख्दा उहाँलाई खुब मजाक गरिएको थियो । विरोधीहरुले बारम्बार प्रश्न गरेका थिए ‘कतै मेलम्चीको पानी काठमाडौं उपत्यकामा चढ्न सक्छ? ।

तर यो उपत्यकामा चढ्ने मात्र होइन शनिबार झर्यो । झण्डै दुई दशक लामो मेलम्ची र सुन्दरीजल जोड्ने यो सुरुङले धैरवटा सरकार ब्याहोर्यो, धेरै बिभागीय मन्त्री र धेरै निर्देशक भोग्यो । लामो समयपछि शनिबार भने यसले पूर्णता पायो । मेलम्चीको पानी काठमाडौंमा झरेपछि ईतिहासले एउटा पाठ सिकाएको छ ‘सपना कसै न कसैले देख्नुपर्छ’। त्यो तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले देखेको त्यो सपना शनिबार दिन पुरा भयो ।

शनिबारको संयोग यस्तो भयो कि अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले टनेलको स्वीच अन गरेपछि पानी सुन्दरीजलमा मिसियो । संयोग यसकारण भन्न खोजिएको हो कि ओलीलाई पनि स्वप्नद्रष्टा प्रधानमन्त्रीका रुपमा लिने गरिएको छ । प्रधानमन्त्री ओलीले पानी जहाजको सपना सार्बजनिक गर्दा प्रधामनन्त्री निवास बालुवाटार बाहिर उहाँको खिल्ली उडाईयो । कागजको पानी जहाज बनाएर उहाँमाथि कटाक्ष गरियो ।

तर अहिले चतरा देखि भोजपुरसम्म पानी जाहज चलेको कुरा चर्चासम्म गरिएको छैन । प्रधानमन्त्री ओलीले तुईन विस्थापानको कुरा गर्दा त्यसलाई पनि खिल्ली उडाइयो । तर अहिले त्यो लगभग विस्थापित भईसकेको छ । प्रधानमन्त्री ओलीले रेल सपना देखे त्यसलाई पनि कटाक्ष गरियो । अहिले रेलमार्ग निर्माण तीब्र गतिमा भइरहेको छ । वर्तमान प्रधानमन्त्रीले उद्घाटन गर्न भ्याउने कि नभ्याउने ठेगान छैन, तर मेलम्चीको पानी झैं कुनै प्रधानमन्त्रीले रेल सपना पुरा भएको दिन त्यसको उद्घाटन गर्ने छन् ।

उहिले भट्टराईले देखेको मेलम्ची सपना अहिले आएर पुरा भएझै अहिले प्रधानमन्त्री ओलीले देखेको रेल मार्गको सपना पनि एक दिन पुरा हुनु अनौठो होइन । फागुन १० गते परीक्षणका लागि सुरुङमा हालेको पानी शनिबार सफल भएको छ । यसलाई अब छिट्टै वितरण गरिने छ । केही दिनको परीक्षण पछि उपत्यकावासीले दैनिक १७ करोड लिटर पानी उपभोग गर्न पाउने छन् ।

गत असारमा नै परीक्षणका लागि सुरुङमा हालिएको पानी हेलम्बुको अम्बथानमा गेट भत्किए पछि सफल हुन सकेन । सो गेट भत्कँदा एक ईन्जिनियर र चालकले ज्यान गुमाउनु परेको थियो । त्यसपछि केही समयका लागि परीक्षण कार्य स्थगित भएको रह्यो । सो गेट मर्मतपछि १२ दिन पहिला पानी सुरुङमा छोडिएको थियो । हाल प्रति सेकेण्ड २ सय ६० लिटर पानी हालिएको छ । यो पानी सुन्दरीजलमा झरे लगतै एउटा कुरा प्रमाणित भएको छ सपना नभई विपना हुँदैन ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);