मेलम्चीको पानी धारामा झरेपछि उपभोक्ताको अनुभव : नपत्याउँदो विपना फेला पर्दाेरहेछ | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

मेलम्चीको पानी धारामा झरेपछि उपभोक्ताको अनुभव : नपत्याउँदो विपना फेला पर्दाेरहेछ

मनिषा महर्जन
काठमाडौ, १६ चैत ।
अनामनगरका दिलबहादुर नेवा दिनमा एक पटक आफ्नो घरको धारामा नजर कुदाउँथे । सुन्दरीजलमा मेलम्चीको पानी झरेपछि नेवा र धाराको भेट बाक्लो बन्न पुग्यो । यसको एउटै कारण थियो अब धारामा पानी कहिले झर्छ । मुस्किलले सातामा एक पटक भेट हुने धारामा अब नेवाको दिनै पिच्छे पानी मार्फत साक्षात्कार हुने भएको छ। सुख्खा रहेको धाराबाट निरन्तर पानी आएपछि उनलाई लाग्यो यो सपना हो कि विपना ? पल्याक पुलुक हेर्दै नेवाले भने कहिले काँही नपत्याउने गरी विपना फेला पदोरहेछ ।

नेवाको यतिबेला खुशीको सीमा नै छैन । उनी आइतबार देखि दंग परेका छन् । उनले कल्पना नै नगरेको कुरा आइतबार पुरा भएको छ । उनले सपना ठानेको मेलम्चीको पानी आज उनको घरको धारामा विपना बनेर बगीरहेको छ । मेलम्चीको पानीले उनले आज आफ्नो घरको ट्यांकी भरेका छन् । “यो त खाली सपना होला मात्र भनेर सोचेको, यो त विपना मै परिणत भयो” नेवाले दंग पर्दै भने ।

अनामनगरमा आइतबार दिउँसोबाट आउन थालेको पानीले रात भरी त निरन्तरता पायो नै सोमबार बिहान पनि धारामा पानी आउन बन्द भएको थिएन । त्यस्तै धारामा मेलम्चीको पानी झरेपछि अनामनगर कै समुन्द्री साहको पनि खुशीको सीमा रहेन । पानीको अभावमा खाली रहेको उनको घरको २० हजार लिटरको पानी ट्यांकी भरिएको छ। । मेलम्चीको पानीले २० हजार लिटरको ट्यांकी भरिसक्दा पनि पानी आउन बन्द नहुँदा उनी निकै अचम्मित भएकी छिन् । घरमा धारा हुँदा हुँदै पनि ट्यांकीको पानी किनेर उपभोग गर्दै आएकी उनलाई अव पानीको लागि अलग्गै खर्च छुटाउनु पर्ने झन्झट्बाट समेत मुक्ति मिलेको छ ।

वि.सं. २०५१ को मध्यावधि चुनावमा काठमाडौंबाट उठेका पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले चुनाव जिते “काठमाडौंको सडक मेलम्चीको पानीले पखालिदिने ” वाचा गरेका थिए । तर पछिल्लो केही वर्ष मेलम्चीको पानीले सडक धुने कुरा कसैले सपनामा सोचेका त थिएनन् नै उल्टै मेचम्ची आयोजनाले सडकमा जताततै खाल्डाखुल्डी र धुलै धुलौ बनाएको थियो।

तर आज धारामा पानी आएपछि उपत्यकावासीले त्यो पीडा बिर्सिएका छन् । जति लामो समय लागेको भए पनि मेलम्चीको पानी आफ्नो घरको धारासम्म पु¥याइदिएको भन्दै अहिलेको सरकारप्रति आभार व्यक्त गर्छन् । आफ्नो पालामा सुरु भएको आयोजना अहिले छोरा नाती कै पालामा भएपनि पुरा भएको स्थानीय धर्मादेवि धिताल बताउँछिन् ।

आइतबार काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलका प्रमुख कार्यकारी अधिकृत ईन्जिनियर मिलन कुमार शाक्य, खानेपानी मन्त्रालयका पदाधिकारी र मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीले संयुक्त रुपमा खानेपानी वितरणको औपचारिक शुभारम्भ गरेका थिए ।
अप्सरा गौतमको सहयोगमा

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);