आँखा शिविरमा ११२ जना मोतियाबिन्दु बिरामीको नि:शुल्क शल्यक्रिया | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आँखा शिविरमा ११२ जना मोतियाबिन्दु बिरामीको नि:शुल्क शल्यक्रिया

म्याग्दी, १७ चैत । सामाजिक संस्था लायन्स क्लवहरुले म्याग्दीको बेनीमा सञ्चालन गरेको आँखा शिविरमा ११२ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया गरिएको छ ।

पर्वतको जलजला गाउँपालिकाको मल्लाज र म्याग्दीका छ वटा स्थानीय तहमा सञ्चालन भएको आँखा उपचार शिविरमा दुई हजार दुई सय जनाको आँखा परिक्षण भएको थियो ।

हिमालय आखा अस्पताल पोखरा, नेपाल नेत्र ज्योती संघ, नेपाल रेडक्रस सोसाईटी र बेनी अस्पतालको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको हो । गुमेको आँखाको ज्योती फिर्ता आएपछि बिरामीले नयाँ जिवन पाएको महशुस गरेका छन् । उनिहरुको दैनिकी सामान्यमा फर्कने छ ।



ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थामा आँखा उपचार सम्बन्धी सुबिधा नहुनु, आँखाको स्याहार सुधारमा ध्यान नदिनु, गरिबी र बिपन्नताका कारण ग्रामिण भेगमा आँखाका बिरामीले उपचार पाउन सकेका छैन्न ।

गाउँमा सञ्चालित शिविरमा पहिचान भएका मोतियाबिन्दुका बिरामीहरुको सदरमुकामको बेनी अस्पताल परिसरमा शिविर सञ्चालन गरेर निशूल्क शल्यक्रियाको ब्यवस्था गरिएको हो ।



बेनीमा बेनी अस्पताल र नेत्रज्योति संघ तथा मालिका गाउँपालिकाको केन्द्र दरवाङमा आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन् । समयमै मोतियाबिन्दुको समस्या पहिचान नहुँदा धेरैले जलबिन्दु भएर आँखाको ज्योति गुमाई रहेका छन् ।

आँखा उपचार केन्द्रको सेवा बिस्तार र सुदृढीकरणसँगै आँखाको स्वास्थ्यका बिषयमा जनचेतना अभिवृद्धीको गर्नु आवश्यक रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);