मोतीबिन्दुको अप्रेसन गर्नुपर्ने ११ बिरामीको पहिचान | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

मोतीबिन्दुको अप्रेसन गर्नुपर्ने ११ बिरामीको पहिचान

खोटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा ज्येष्ठ नागरिकका लागि सञ्चालन गरिएको निःशुल्क आँखा उपचार शिविरबाट मोतीबिन्दुको अप्रेसन गर्नुपर्ने ११ जना बिरामीको पहिचान गरिएको छ ।  हलेसी तुवाचुङ नगरपालिकाको सहयोगमा नेपाल नेत्र ज्योति संघ, खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा उपचार केन्द्र सहयोग समिति हलेसीको आयोजनामा शुक्रबार सञ्चालित शिविरमा ११४ जनाको आँखाको जाँच हुँदा ११ जनाको मोतीबिन्दुको अप्रेसन गर्नुपर्ने पत्ता लागेको हो ।

शिविरमा आएका ८६ जनालाई निःशुल्क चस्मा र १५ जनालाई औषधि वितरण गरिएको नेपाल नेत्र ज्योति संघ, खोटाङका अध्यक्ष इन्द्र कसजुले बताए । मोतीबिन्दुको अप्रेसन गर्नुपर्ने बिरामीका लागि आगामी असोज २८ गतेदेखि असोज २९ गतेसम्म हलेसीमै निःशुल्क शल्यक्रिया सेवा सञ्चालन गरिने नेपाल नेत्र ज्योति संघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);