हलेसी तुवाचुङमा क्षयरोगीको खोजी सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

हलेसी तुवाचुङमा क्षयरोगीको खोजी सुरु

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सम्भावित सक्रिय क्षयरोगीको खोजी सुरु गरिएको छ । क्षयरोगीको पहिचान गर्दै उपचार गरेर क्षयरोगमुक्त नगरपालिका बनाउने लक्ष्यका साथ क्षयरोगबाट ग्रसित बिरामीको पहिचान सुरु गरिएको हो ।

११ वडा रहेको नगरपालिकामा २७ पुसदेखि क्षयरोगबाट बच्ने उपायका बारेमा सचेतना फैलाउँदै क्षयरोगका सक्रिया बिरामीको पहिचानका लागि खकारको नमूना संकलन भइरहेको स्वास्थ्य शाखा संयोजक खेमराज आचार्यले बताए । 

आगामी आर्थिक वर्ष नगरपालिकालाई क्षयरोगमुक्त नगर बनाउने लक्ष्यका साथ राष्ट्रिय क्षयरोग केन्द्र ठिमि भक्तपुर समक्ष प्रस्तावना पेश गरेर नगरपालिकामा क्षयरोगको पहिचान एवं सचेतना कार्यक्रम सुरु गरिएको हो । 

नगरपालिकाभित्रका १ हजार ५०० सम्भावित क्षयरोगीको खकारको नमूना संकलन गरेर परीक्षणको तयारी गरिएको छ । हालसम्म अर्खौले, सल्ले, धितुङ, महादेवस्थान, मंगलटार, च्यास्मिटार, बाहुनीडाँडा र वडहरेका ९०० जनाको नमूना खकार संकलन गरिसकिएको छ ।

खकारको नमूना संकलनसँगै क्षयरोगबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीका विषयमा जनचेता फैलाउने काम भइरहेको स्वास्थ्य शाखा संयोजक आचार्यले बताए । संकलित खकारको नमूनालाई स्वास्थ्यचौकी दुर्छिम र जिल्ला अस्पताल खोटाङको प्रयोगशालामा परीक्षण गरिने जनाइएको छ । 

खकार परीक्षणका क्रममा फेला परेका क्षयरोगका बिरामीलाई सम्वन्धित वडाको स्वास्थ्यचौकीमार्फत निःशुल्क औषधि उपलव्ध गराएर ६ महिनासम्म औषधोपचारको व्यवस्था मिलाउने तयारी गरिएको छ ।

खकारको नमूना संकलन एबं क्षयरोग विरुद्धको सचेतना अभियानमा जिल्ला अस्पतालको प्रयोगशालाका दुई जना, स्वासथ्यचौकी दुर्छिमको प्रयोगशालाका दुई जना, स्वास्थ्यचौकी च्यास्मीटारबाट एक जना स्वास्थ्यकर्मी लगायत १० स्वास्थ्यकर्मी खटिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);