राष्ट्रपतिद्धारा मेलम्चीको पानी वितरण उद्घाटन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राष्ट्रपतिद्धारा मेलम्चीको पानी वितरण उद्घाटन

काठमाडौं, २० चैत । मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण औपचारिक रुपमा उद्घाटन भएको छ ।

काठमाडौंको भृकुटीमण्डमा शुक्रबार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले सो आयोजनाको खानेपानी वितरणको औपचारिक उद्घाटन गरेकी हुन् ।

मेलम्चीको पानी १५ गते नै काठमाडौं उपत्यकाबासीको धारामा आउन थालिसकेपनि शुक्रबार मात्र औपचारिक रुपमा उद्घाटन गरिएको हो । भृकुटीमण्डमा निर्मित स्मारकमा रहेका ढुंगेधारामा राष्ट्रपति भण्डारीले मेलम्चीको पानी वितरणको उद्घाटन गरेकी हुन् ।

राष्ट्रिय गौरवको आयोजना मेलम्चीको पानी पिउने काठमाडौं उपत्यकाबासीको सपना पूर्ण रुपमा साकार भएकाले आजको दिन ऐतिहासिक बनेको छ ।

सो स्मारकमा खानेपानीका तीनवटा ढुंगेधारा बनाइएको छ । जहाँ मेलम्चीको पानी २४ घण्टा झर्ने छ । सो पानी सिधै पिउन मिल्नेछ । राष्ट्रपतिले उद्घाटन गरेपछि ती धारा सर्वसाधारणको लागि खुल्ला गरिने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);