मेलम्चीको हरेक थोपासँगै उपत्यकाबासीले कृष्णप्रसाद भट्टराईलाई सम्झन्छन् : प्रवक्ता शर्मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मेलम्चीको हरेक थोपासँगै उपत्यकाबासीले कृष्णप्रसाद भट्टराईलाई सम्झन्छन् : प्रवक्ता शर्मा

काठमाडौं, २० चैत । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मेलम्चीको पानी काठमाडौं आइपुग्दा काठमाडौंबासीले कृष्णप्रसाद भट्टराईलाई सम्झिरहेको बताएका छन् ।

मेलम्चीको पानी काठमाडौंमा आइपुगेको सन्दर्भमा कुरा गर्दै प्रवक्ता शर्माले पानी काठमाडौं ल्याइ पु¥याउन सबैको कर्मलाई सम्झिनुपर्ने भएपनि कृष्णप्रसाद भट्टराईको नामलाई बिर्सेर मेलम्चीको कथा सुरु र अन्त्य हुन नसक्ने बताएका हुन् ।

उनले सरकार र मन्त्रीले भट्टराईलाई बिर्सिएपनि उपत्यकाबासीले पानी पिउँदै गरेको हरेक थोपामा सम्झिने विश्वास व्यक्त गरे । उनले भने ‘ कृष्णप्रसाद भट्टराई मेलम्चीको हरेक थोपासँग गाँसिने नाम हो । कृष्णप्रसाद भट्टराईलाई बिर्सेर मेलम्चीको कथा न सुरु हुने हो न मेलम्चीको कथा अन्त्य हुने हो । न मेलम्ची यहाँ आइपुग्ने हुन्थ्यो होला । सरकारले बिर्स्यो होला, मन्त्रीजीले बिर्सिनु भयो होला, अरुले बिर्सिनुभयो होला तर उपत्यकाबासी कसैले पनि कृष्णप्रसाद भट्टराईलाई मेलम्चीको सन्दर्भमा हरेक पिउँदै गरेको घुट्कोसँगै, हरेक पिउँदै गरेको थोपासँगै सम्झिनुभएकै छ भनेर हामी विश्वास व्यक्त गर्दछौँ ।’

प्रवक्ता शर्माले मेलम्चीको पानी काठमाडौँ आउनुले हाम्रो सामथ्र्यको पुष्टि भएको पनि बताए । यसले आगामी दिनमा नविन परियोजना तर्फ देशलाई लैजानको निम्ति मार्ग प्रशस्त गर्ने उनको भनाई छ । नेपाली कांग्रेसले मेलम्चीको पानी काठमाडौं आइपुगेको विषयलाई अत्यन्तै हर्षका साथ स्वागत गरेको पनि उनले जिकिर गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);