काठमाडौंवासीलाई नयाँ वर्षको उपहार–मेलम्चीको पानी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

काठमाडौंवासीलाई नयाँ वर्षको उपहार–मेलम्चीको पानी

melanchi khanepani

काठमाडौं, ३० चैत । काठमाडौंवासीलाई नयाँ वर्षको उपहार, मेलम्चीको पानी । मेलम्चीको पानी पिउने काठमाडौंवासीको चाहना पूरा हुने भएको छ । साढे २७ किलोमिटर लामो सुरुङ मार्ग निर्माण भएसँगै मेलम्चीको पानी पिउने काठमाडौंवासीको वर्षौंदेखिको चाहना नयाँ वर्ष २०७५ सालमा पूरा हुने भएको हो ।

नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २८ बर्ष पहिले काठमाडौंवासीलाई मेलम्चीको पानी खुवाउने उद्घोष गर्दा धेरैले पत्याएनन् । धेरैले भट्टराईलाई उडाए , पिउने पानीको अभाव झेलिरहेका बेला काठमाडौंको सडक नै पखाल्ने गरी पानीको खोलो बगाइदिने अभिव्यक्तिलाई अविश्वास गर्ने काठमाडौंवासीसामु भट्टराई अहिले छैनन् । भट्टराई हाम्राबीच नरहेपनि उनले उद्घोष गरे अनुसार मेलम्चीको खानेपानी काठमाडौं आउने पक्का भएको छ ।

सरकारले एसियाली विकास बैंकको सहयोगमा काठमाडौंवासीका धारामा मेलम्चीको पानी आउने पक्का गरेको हो । साढे २७ किलोमिटर लामो सुरुङ खन्ने काम सकिएसँगै काठमाडौंवासीले नयाँ वर्षको उपहारका रुपमा मेलम्चीको पानी पाउने भएका हुन् । उपराष्ट्रपति नन्दबहादुर पुनले खानेपानीमन्त्री बीना मगर र सरकारका उच्चअधिकृतसँगै मेलम्ची पुगेर सुरुङ खन्ने काम सकिएको घोषणा गरेका छन् ।

जुनसुकै समारोहमा रिबन काट्दा खुशीयाली प्रकट गरिन्छ । सुरुङ मार्गभित्र उपराष्ट्रपति पुनले रिबन काट्दा उपस्थित धेरैजना खुशीमा रमाए । उनीहरुले आफ्नो खुशी सेल्फीमार्फत साटासाट गरे । स्वभाविकै हो, करिब तीन दशक पुरानो योजना अब केही महिनाभित्रै पुरा हुँदैछ । नेकपा माओवादी केन्द्रकी नेतृ बीना मगरले गत फागुन १४ गते खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्दा ठेकेदार कम्पनीले सुरुङ निर्माणको काम रोकेको थियो । मन्त्री मगरले चैत ६ गते मेलम्चीमा उपस्थित भएर सुरुङ मार्ग कुनै पनि हालतमा बनाइनुपर्ने भन्दै सरकारले सबै किसिमका सहयोग गर्ने आश्वासन दिइन् ।

मन्त्री मगरले निर्देशन दिए मुताविक काम भयो र सुरुङ खन्ने काम सकियो । मेलम्ची खानेपानी आयोजना विकास समितिले ८ वर्षको समय लगाएर सुरुङ खन्ने काम सकेको हो । वर्षौं पुरानो योजना अनुसार सबैभन्दा जटिल मानिएको सुरुङ खन्ने काम सकिंदा विगागीय मन्त्रीका नाताले मन्त्री मगर पनि खुशी नहुने कुरै भएन । उनले अबको चार महिनामा काठमाडौंवासीको धारामा मेलम्चीको पानी खसाल्ने बताएकी छिन् ।

सुरुङ मार्ग हुँदै मेलम्चीबाट दैनिक १७ हजार लिटर पानी काठमाडौंको सुन्दरीजलस्थित ट्यांकीमा जम्मा हुने व्यवस्था गरिएको छ । सुन्दरीजलमा जम्मा हुने पानी पाइपलाइनमार्फत काठमाडौंवासीको धारामा जाने छ । सुरुङ खन्ने काम सकिंदा उपराष्ट्रपति, खानेपानी मन्त्रीदेखि मेलम्ची खानेपानी आयोजना विकास समितिका कर्मचारी हर्षले विभार हुँदा मेलम्चीवासी भने केही भावुक देखिए । उनीहरु भावुक बन्नुको कारण मेलम्ची क्षेत्रमै घर भएका कानूनमन्त्री शेरबहादुर तामाङले सुनाए ।

उनले मेलम्चीवासी चेली अन्माउँदाको अवस्थामा रहेको बताए । काठमाडौंवासी मेलम्चीवासीले विदा गर्न लागेकी चेलीलाई आफ्नो धारामार्फत स्वागत गर्न आतुर भएर बसेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);